स्याङ्जा-२ मा कांग्रेसका गुरुङको अग्रता
स्याङ्जा | मंसिर १५, २०७९
स्याङ्जा: स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्नुभएको छ ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत तथा हालसम्म अर्यालले गल्याङ नगरपालिका–६ बाट पाँच सय ७२, वडा नं ७ बाट एक हजार तीन सय नौ, भीरकोट नगरपालिका–५ बाट चार सय २३, वडा नं ६ बाट तीन सय ४४ र वडा नं ७ बाट दुई सय ७२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै कांग्रेस उम्मेदवार गुरुङले गल्याङ नगरपालिका–६ बाट चार सय ३८ र वडा नं ७ बाट चार सय ४२ तथा भीरकोट नगरपालिका–५ बाट आठ सय २३, वडा नं ६ बाट पाँच सय एक र वडा नं ७ बाट सात सय पाँच मत पाउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय ८९ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६ र ७ को मतगणना सकिएको छ । यहाँ कूल छ हजार ८२६ मत खसेको थियो । यसमध्ये छ हजार ५९६ मत सदर भएको थियो ।
यसैगरी क्षेत्र नं २ (१) मा छ हजार ८२१ मतगणना हुँदा एमालेका मोहन रेग्मीले तीन हजार एक सय दुई मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । कांग्रेस उम्मेदवार भोजराज अर्यालले तीन हजार ९१ मत प्राप्त गर्नुभएको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

